newskoseli.Com

नयनराज पाण्डेको ‘यार’ को लोकार्पण

आख्यानकार नयनराज पाण्डेको संस्मरणात्मक निबन्ध ‘यार’ को शनिबार राजधानीमा लोकार्पण गरियो ।

पाण्डेका साहित्यिक मित्रहरु पुरुषोत्तम सुवेदी, श्यामल, जय हमाल, राजव र शार्दूल भट्टराईले कृतिको संयुक्त रुपमा लोकार्पण गरे ।  जीवनयात्राका क्रममा साथीहरूसँगका रोचक र विशेष अनुभूति समेटिएको यस पुस्तकमा २५ निबन्ध छन् ।

पुस्तकमाथि समीक्षात्मक मन्तव्य नराखीकनै लेखकसँगको अन्तर्वार्ता मात्र प्रस्तुत गरेर नयाँ शैलीमा सम्पन्न यस  लोकार्पण कार्यक्रममा लेखकको हस्ताक्षरसहित पुस्तक किन्न पाठकहरुको भीड भयो ।

पुस्तकको प्रकाशन फाइन प्रिन्टले गरेको हो । पाण्डेका यसअघि ‘उलार’, ‘लु’, ‘सल्लीपिर’, ‘घामकिरी’, ‘निदाएँ जगदम्बा’ आदि कृति लोकप्रिय छन् ।

मानन्धरलाई ‘आदर्श गुरु सम्मान’ 

यसैबीच, शनिबार नै शिक्षासेवी बुद्धशरण मानन्धरलाई कवि भीमदर्शन रोकाको स्मृतिमा स्थापित ‘भीमदर्शन रोका आदर्श गुरु सम्मान तथा पुरस्कार, २०७४’ प्रदान गरियो ।

भीमदर्शन रोका स्मृति कोषद्वारा सञ्चालित पुरस्कारको राशि ५० हजार रूपैयाँ हजार छ । मानन्धरले करिव ४ दशक शिक्षण र शिक्षा क्षेत्रमा योगदान दिएका छन् ।

गीतकार कालीप्रसाद रिजालले सो पुरस्कार प्रदान गरे । कार्यक्रममा मातातीर्थ वृद्धाश्रम समितिलाई ५० हजार रूपैयाँ बराबरको सहयोग हस्तान्तरण समेत गरियो ।

कार्यक्रममा बाेल्दै पूर्वसांसद् लक्ष्मण राजवंशीले असल र जिम्मेवार नागरिक बन्न असल शिक्षकको छाप पाएको हुनुपर्नेमा जोड दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर