संखुवासभाको मकालु गाउँपालिका– २, हेदङ्नामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ६ जनाको मृत्यु भएको छ ।
सदरमुकाम खाँदबारीबाट भोटखोलाको बरुण मेला भर्न जाने क्रममा बा ५ च १३०९ नम्बरको जिप दुर्घटना भएको हो । जिप सडकबाट करिव ७ सय मिटर तल अरुण नदीको बगरमा खसेको हो ।
केही अघि सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, जिल्ला समन्वय समितिका सूचना अधिकारी सुवासचन्द्र कुइँकेल र मकालुमा बस्दै आएका हेदाङ्नाका सुरेश राईसहित ६ जनाको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले बताएका छन् ।
दुर्घटनामा मृत्यु हुने अरू ३ जनाको भने सनाखत हुन सकेको छैन । जिपमा १२ यात्रु सवार भएको बताइएको छ । घटनास्थल प्रहरी पुगिसकेको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ र के कारणले घटना भयो भन्नेबारे खुलिसकेको छैन ।