newskoseli.Com

अनौठो चलन : सिस्नो हानाहान गरेर माघी मनाइँदै…

जाजरकोटका गाउँ–गाउँमा सिस्नो हानाहान गरी माघी पर्व मनाउन सुरु भएको छ ।

नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नो हानाहान गरी माघी पर्व मनाइन्छ । यहाँ मामाकी छोरीलाई फूपूका छोराले सिस्नो हान्ने र साली–भिना तथा सोल्टी–सोल्टिनाबीच सिस्नु हानाहान गरेर माघी मनाउने गरिन्छ ।

सिस्नो हानाहान गर्नका लागि अन्य जिल्लाका स्थानीयवासी पनि यहाँ आउने गर्छन् । माघे संक्रान्तिका दिन सिस्नोले नहानेमा सुँगुरको जुनी पाइने धार्मिक मान्यता रहेको छ । साथीभाइबीच जिस्किएर सिस्नो हान्ने समेत चलन छ ।

सिस्नो घुँडाबाहेक अन्यत्र हान्न नपाइने व्यवस्था भएको नलगाड नगरपालिका वडा नं. ८ का शिक्षक वीरबहादुर खत्रीले बताए । कतिपयले सिस्नो हान्दाहान्दै विवाह समेत हुने गरेको छ । सिस्नो खेल्नका लागि मामाघर तथा माइती जाने चलन छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर