newskoseli.Com

जमिनबाट निस्क्यो बाफ, खतरा छैन : भूगर्भशास्त्री

स्थानीय सिउडीबार वस्ती नजिकै जमिनबाट बाफ निस्किएको छ । तर, यसबाट कुनै खतरा नभएको भूगर्भशास्त्रीले जनाएका छन् ।

जमिनबाट निस्किएको बाफ कुनै प्रकोपको लक्षण नभई सामान्य भएको भूगर्भशास्त्रीहरुको भनाइ छ । बिहान र बेलुका सुख्खा जमिनबाट अचानक तातो बाफ निस्कन थालेपछि स्थानीयवासी त्रसित भएका थिए ।

मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना क्षेत्रअन्तर्गत जमिनबाट बाफ निस्केको समाचार आएपछि आयोजनाले नै भूगर्भशास्त्री ल्याएर परीक्षण गरेको थियो । परीक्षणपछि जमिनबाट निस्किएको बाफ सामान्य भएको भूगर्भशास्त्री अनिरुद्र पौडेलले बताए । जमिनभित्र सामान्य तातो रहेको र बाहिरी सतहमा चिस्यानका कारण सामान्य बाफ निस्किएको उनले बताए ।

जमिनबाट निस्किएको बाफ सामान्य भएको बताउँदै भूगर्भशास्त्री पौडेलले विचलित नहुन सर्वसाधारणलाई आग्रह गरेका छन् । विशेष गरी बिहान र बेलुकी धुवाँजस्तै तातो बाफको मात्रा बढी आउन थालेपछि स्थानीयवासीले परीक्षण र सुरक्षाका लागि वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर