newskoseli.Com

बिहानै भक्तपुरमा व्यवसायीको हत्या, ३ जना पक्राउ

भक्तपुरमा माटो व्यवसायमा संलग्न एक व्यवसायीको बुधबार बिहानै हत्या भएको छ ।

माटो व्यवसायी चाँगुनारायण नगरपालिका– ९, ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

बिहान ५ बजे सैंजूको शव भक्तपुर नगरपालिका– ९, ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ढुंगाले हानेर हत्या गरेको आशंका गरेको बताउँदै मृतकको टाउकाको पछाडि गम्भीर चोट लागेको जानकारी उनले दिए ।

हत्यामा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी प्रहरीले दिएको छ । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएर घटनाको अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर