newskoseli.Com

प्रदेश प्रमुख बनेका सातै जनाको यस्तो छ नालीबेली…

अंग्रेजीका प्राध्यापक गोविन्द सुब्बा प्रदेश– १ को प्रमुख बनेका छन् । ०३६ को जनमतसंग्रहपछि कांग्रेसमा लागेका धनकुटाका वासिन्दा सुब्बा सुरुमा अखिलको राजनीतिमा सक्रिय थिए ।

पूर्वकृषिसचिव रत्नेश्वरलाल कायस्थ प्रदेश– २ को प्रमुख बनाइएका छन् । जलस्रोतविद् कायस्थ महोत्तरीका वासिन्दा हुन् । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य कायस्थ प्रतिनिधिसभाका लागि संघीय समाजवादी फोरमका समानुपातिक उम्मेदवार पनि हुन् ।

समाजसेवी अनुराधा कोइराला प्रदेश– ३ की प्रमुख बनाइएकी छन् । माइती नेपाल नामक संस्थामार्फत् बेचिएका चेलीको उद्दार र उनीहरूलार्इ सहयोग गर्दै आएकी कोइराला ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनअन्तर्ग मन्त्री समेत बनाइएकी थिइन् । चुनावभन्दा केही दिनअघि उनी कांग्रेस प्रवेश गरेकी हुन् ।

कोइराला प्रदेश प्रमुख हुने चर्चासँगै उनको नागरिकताको प्रसंगले महत्त्व पाएको थियो । नेतृ सरिता गिरीले ट्विटरमा अनुराधा दार्जिलिङकी भएकाले उनी अंगीकृत नागरिकताधारी भएको लेखेकी थिइन् ।

पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवर प्रदेश– ४ को प्रमुख बनाइएका छन् । सुशील कोइराला प्रधानमन्त्री हुँद महान्यायाधीवक्ता बनेका कुँवर अर्घाखाँचीका वासिन्दा हुन् ।

पूर्वस्वास्थ्य सचिव उमाकान्त झा प्रदेश– ५ को प्रमुख बनाइएका छन् । राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरका सम्धी झा खिलराज रेग्मीको मन्त्रिपषिदमा स्वास्थ्यमन्त्री बनेका थिए ।

बुद्धिजीवी दुर्गाकेशर खनाल प्रदेश– ६ को प्रमुख बनाइएका छन् । पञ्चायतकालमा कांग्रेसको राजनीति गरेका खनाल शिक्षक पृष्ठभूमिका हुन् । ०४८ पछि उनी कांग्रेसबाट राष्ट्रियसभा सदस्य समेत बनेका थिए ।

राष्ट्रिय पञ्चायतका सदस्य रहिसकेका मोहनराज मल्ल प्रदेश– ७ को प्रमुख बनाइएका छन् । कैलालीका वासिन्दा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य पद छाडेर केही वर्षअघि कांग्रेस प्रवेश गरेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर