newskoseli.Com

विमानस्थलमै झडप, २० को मृत्यु…

लिबियाको राजधानीस्थित एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार लडाकुले आक्रमण गरेपछि सुरक्षाकर्मी र विद्राेहीबीच भएको झडपमा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । आक्रमणमा परी ६३ जना घाइते भएका छन् ।

जेलमा रहेका आफ्ना समर्थकलाई छुटाउन भन्दै लडाकुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारीबीच झडप भएको अधिकारीले बताएका थिए । झडपका क्रममा भएको गोलाबारीमा परी ६ वटा विमान प्रभावित भएको जनाइएको छ ।

मारिएकामध्ये कति जना लडाकुतर्फका छन् र कति जना सर्वसाधारण छन् भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । घटनामा परी घाइते भएकामा केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।

मिटिगा विमानस्थल त्रिपोलीबाट पूर्वतर्फ पर्दछ । यो आम नागरिकले प्रयोग गर्ने अन्तर्राष्ट्रिय विमानस्थल हो । सन् २०१४ काे मध्यतिर विद्रोही लडाकुले आक्रमण गर्दा भएको झडपपछि सो विमानस्थल क्षतिग्रस्त छ । उत्तर अफ्रिकी मुलुक लिबियामा लामो समय मोहमर गद्दाफीले तानाशाही शासन व्यवस्था लागू गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर