newskoseli.Com

भाँडा बजाएर राजधानी माग्दै सडकमा महिलाहरू…

दाङमा राजधानी माग गर्दै महिला सडकमा उत्रिएका छन् । जारी आन्दोलनको पाँचौं दिन शनिबार दाङमा राजधानीको मागसहित सरकारको निर्णय फिर्ता गर्न माग गर्दै महिला सडकमा आएका हुन् ।

सरकारले तत्काल निर्णय सच्याउनुपर्ने र नेता पनि सडकमा आउनुपर्ने माग गर्दै उनीहरुले तुलसीपुर बजारमा प्रदर्शन गरेका छन् । गाउँगाउँबाट बजारमा आएर सडक तताएका महिला हातहातमा थाली, डाडु, चम्चा र भाँडा लिएर आन्दोलित भएका छन् ।

र्‍यालीमा भाँडा बजाउँदै उनीहरुले विरोध जनाए । सरकारले प्रदेश नं. ५ को अस्थायी मुकामा दाङ नतोकेको भन्दै निर्णय फिर्ता नहुञ्जेल आफूहरुको आन्दोलन जारी रहने उनीहरुले बताए ।

महिलाले आन्दोलनलाई थप सशक्त गराउँदै लैजाने महिला अधिकारकर्मी सुष्मा गिरीले बताइन् । “हरेक हिसाबले उपयुक्त रहेको जिल्लालाई उपेक्षा गरेर अवैज्ञानिक ढंगले अस्थायी मुकाम रुपन्देही तोकिएको छ, यो निर्णय हामी महिला दिदीबहिनी र दाङवासीलाई कदापि मान्य छैन”– गिरीले भनिन् ।

अब महिला आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने महिला नेतृ सावित्रा गुरुङले बताइन् । सरकारले  निर्णय फिर्ता नलिँदासम्म आफूहरुले सडक संर्घष जारी राख्ने महिलाले बताए ।

तुलसीपुरमा पनि महिलाले आन्दोलन थालेका छन् । राजनीतिक दल र संघ–संस्थाले पनि राजमार्गकेन्द्रित आन्दोलन गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर