newskoseli.Com

ज्यालामा समेत महिला ठगिँदैछन् अझै !

काम र सीप हुँदाहुँदै पनि महिलालाई अझैसम्म पनि पुरुषको तुलनामा ज्यालादारीमा समेत विभेद् कायमै छ ।

दिनभर पुरुषसरह घर–भवन, सडक बनाउनेजस्ता काममा संलग्न महिलालाई पुरुषको तुलनामा आधा मात्रै ज्याला दिने गरेको पाइएको छ ।

सिमेन्ट घोल्ने, तारजाली बुन्ने, घरमा इँटाको गारो लगाउनेलगायतका सबै काम महिलाले पुरुषसरह नै गर्छन् । तर, महिला भएकै कारण उनीहरू ज्यालामा समेत ठगिएका छन् ।

रामपुरकी सबिरन मियाँले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म घर बनाउने काम गर्छिन् र ५ सय रूपैयाँ बुझ्छिन् । माया कुमालले पनि पुरुषले गर्ने सबै काम गर्छिन् तर उनले पुरुषको तुलनामा दैनिक ३ सय रूपैयाँ कम ज्याला बुझ्छिन् । उनीसँगै काम गर्ने पुरुष मजदुरले ८ सय रूपैयाँ ज्याला बुझ्दा कुमालले भने ५ सय रूपैयाँमै चित्त बुझाउनुपर्छ ।

तर, निर्माण व्यवसायी मनबहादुर लामा भने काम र सीपअनुसार समान ज्याला दिँदै आएको बताउँछन् । मजदुरलाई दिनमा ८ घन्टा काम गरेवापत काम हेरेर महिला पुरुष नभनीकन दिनको न्यूनतम ५ सयदेखि बढीमा ८ सयसम्म ज्याला दिएको लामाको भनाइ छ ।

धनमाया दरैले भने ८ घन्टासम्म मजदुरी गरेर दिनमा ४ सय रूपैयाँ मात्र ज्याला पाएको बताइन् । पुरुषले पाउने ज्याला नपाए पनि न्यूनतम तोकिएको ज्याला समेत उनले पाएकी छैनन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर