newskoseli.Com

नगरप्रमुखको घरमा बम विस्फोट

कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको वडा नं. ४, अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले मंगलबार राति प्रेसर कुकुर बम विस्फोट गराएको छ ।

बम विस्फोटबाट घरको पर्खालमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए । घरदेखि झन्डै १ सय ५० मिटर दुरीबाट विद्युतीय तार प्रयोग गरेर बम विस्फोटन गराइएको हाे । हावाहुरीसँगै वर्षा भइरहेको समयमा राति करिव २ बजे बम विस्फोट गराइएको नगरप्रमुख साउदले बताए । घटनास्थलबाट ३५ मिटर विद्युतीय तार समेत बरामद भएको छ ।

साउद एमालेका तर्फबाट स्थानीय तहको निर्वाचनमा गोदावरी नगरको प्रमुखमा निर्वाचित भएका थिए । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान थालेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर