बुद्धभूमि नगरपालिका– २, हरपुरा खोलामा आइतबार टाउकोसहितका दुईवटा मानव कंकाल फेला परेका छन् ।
घटनास्थलबाट दुई जोर चप्पल र दुई थान मोबाइल समेत फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिएका छन् ।
वनमा दाउरा लिन गएका स्थानीयले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलको प्रकृति र कंकालका आधारमा दुई महिना अगाडि घटना घटेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।