newskoseli.Com

उपेन्द्र यादबलाई ठुलो धक्का डेड लाख बढी नेता कार्यकर्ता सद्भावनामा प्रवेश

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका डेड लाख बढी कार्यकर्ता पार्टी परित्याग गरी राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा प्रवेश गरेका छन् । फोरमसँग आबद्ध रहेका सिंगो मधेशी ट्रेड यूनियन महासंघ नै सदभावना पार्टीमा समाहित भएको हो ।

आज सदभावना पार्टी सम्पर्क कार्यालय काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष पल्टन ठाकुरले मधेशी ट्रेड यूनियन महासंघ सदभावना पार्टीमा समाहित भएको जानकारी दिए ।

ठाकुरले फोरम पार्टीले मजदुरहरुको माँगहरु सम्बन्धमा कहिल्यै ध्यान नदिएको, मधेशी मजदुरहरुको समावेशी समानुपातिक आरक्षण प्रति चासो नराखेको तथा पार्टी एकीरणको वहानामा आफनो दलको नामबाटै मधेशी शब्द उन्मुलन गरी मजदुर समुदायलाई मर्माहत बनाएको आरोप लगाए ।

ठाकुरले मधेशी ट्रेड युनियन महासंघ नेपाल मिति २०७३ जेष्ठ ७ गते नै सदभावना पार्टीको शुभेच्छुक संस्थाक रुपमा आवद्ध भएको बेहोरा श्रम विभागमा जानकारी दर्ता गराई सकेको अवगत गराए ।

उनले मधेशी ट्रेड युनियन महासंघ नेपालसंग आबद्ध नाई मजदुर, कृषि मजदुर, एम्बाेइड्ररी तथा सिलाई मजदुर, काष्ठकला मजदुर, यातायात मजदुर, अटोमोवाईल मजदुर, स्वरोजगार तथा खुद्रा पसल मजदुर, वैदेशिक रोजगार मजदुर, कबाड मजदुर, होटल पर्यटन मजदुर, रिक्सा ठेला मजदुर, मोची मजदुर, पान व्यवसायी मजदुर, कारखाना मजदुर, निर्माण मजदुर गरी १५ वटा राष्ट्रीय संघहरु सदभावनामा समाहित भएको जानकारी दिए । यी संघहरुमा १,६५,००० (एकलाख पैसठी हजार) सदस्यहरु रहेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर