newskoseli.Com

प्रदेश सरकारका लागि धमाधम खटिइरहेछन् कर्मचारी…

सामान्य प्रशासन मन्त्रालयले प्रदेशसभा र प्रदेश सरकार सञ्चालनका लागि धमाधम कर्मचारी खटाइरहेको छ ।

सातवटै प्रदेशमा प्रदेशसभाको बैठक बस्न थालेकाले आवश्यक कर्मचारी खटाउन थालिएको हो । मन्त्रालयले अहिलेसम्म करिव ५ सय कर्मचारी खटाइसकेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानले जानकारी दिए ।

खटिएकामध्ये ४ सय प्रशासन र १ सय जना प्राविधिक तर्फका कर्मचारी छन् । कर्मचारी समायोजन नहुँदासम्म अन्तरिम व्यवस्थाका लागि मन्त्रालयले ती कर्मचारी खटाएको हो । कर्मचारी समायोजन भएपछि भने नयाँ कर्मचारी जानेछन् ।

“हामीले दिनदिनै खटाइरहेका आवश्यक कर्मचारी छौं”, उनले भने– “आवश्यकता हेरेर पटक–पटक कर्मचारी खटाइएको छ ।’’ मन्त्रालयले प्रत्येक प्रदेशमा मुख्यमन्त्रीको कार्यालयका लागि २९ जनाका दरले र मन्त्रालयमा २५ देखि २९ जनाका दरले कर्मचारी खटाउने भएको छ ।

उनका अनुसार प्रदेश सरकार सञ्चालनका लागि १ हजार ७ सय ७८ कर्मचारी आवश्यक छ । अझै करिव १ हजार २ सय कर्मचारी प्रदेश सरकारमा खटाउन बाँकी छ । अपुग कर्मचारीलाई आवश्यकता अनुसार दिनदिनै खटाउने क्रम जारी नै रहेको जानकारी उनले दिए ।

प्रदेश प्रमुखको कार्यालयमा सचिव र मुख्यमन्त्रीको कार्यालयमा सहसचिवको नेतृत्वमा कर्मचारी टोली खटिएको छ । प्रत्येक प्रदेशमा ३ जनाका दरले सहसचिव, ६ जनाको दरले उपसचिव र १० जनाका दरले शाखा अधिकृत खटाइएको जानकारी मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत नवराज जैसीले दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर