newskoseli.Com

६ दिन पछि जंगलमै भेटिए हाइकिङ जाँदा हराएका जोन तामाङ

अपडेटः

फुल्चोकीमा हाइकिङ जाँदा ७ दिन अघि हराएका बालक जोन तामाङ भेटिएका छन् । उनी फुल्चोकीको जंगलमा फेला परेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

उनले भने– “हामीले फुल्चोकीबाट ल्याएर अहिले बीएन्डबी अस्पतालमा पुर्‍याएका छौं ।” बालक सकुशल भेटिएकाले अरु विषयमा बिस्तारै अनुसन्धान हुने प्रहरीले बताएको छ ।

थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तीनै वटा सुरक्षा निकाय तामाङको खोजीमा लागेको थियो । हुलियाका आधारमा तामाङ जस्तै व्यक्ति भेटिएको सूचनाका आधारमा अभिभावक संगठन, प्याब्सन र आफन्तले गोदावरी आसपासका गाउँमा खोजी गरेका थिए ।

तामाङलगायत ११ जना विद्यार्थी लिएर विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर ओली बिहीबार फुल्चोकी हाइकिङ गएका थिए । प्रधानाध्यापक ओली अहिले प्रहरी नियन्त्रणमा छन् ।

प्रारम्भिक समाचारः

थसिखेल, ललितपुरस्थित अजय शिक्षा सदनबाट फुलचोकी हाइकिङ गएर फर्कंदा हराएका १७ वर्षका विद्यार्थी जोन तामाङ ६ दिनपछि जंगलमै भेटिएका छन् । सुरक्षाकर्मीले लगातार खोजी गर्ने क्रममा उनी भेटिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

‘जंगलमा एउटा बालक भेटिएको सूचना पाएपछि डीएसी विनोद सिलवाल नेतृत्वको टोली त्यसतर्फ गएको छ’, जिल्ला प्रहरी प्रमुख एसएसपी गणेश ऐरले भने– ‘हराएका बालक उनै हुन वा अरु भन्ने कुरा बालक भेट्टाउने टोलीसँग भेट भएपछि मात्र थाहा हुन्छ ।’

खोजी गर्ने टोलीले उनलाई भेटेको खबरपछि प्रहरी, शिक्षक र अविभावकको टोली उनलाई लिन त्यसतर्फ लागेका छन् । ६ दिनअघि विद्यालयका प्रचार्यसहित ११ विद्यार्थी फुल्चोकीमा हाइकिङका गएकोमा फर्कने क्रममा ती बालक हराएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर