newskoseli.Com

नेपालमै पहिलो प्रदेशसभा बैठक सुरु

नेपालको इतिहासमै पहिलो पटक प्रदेशसभाको बैठक सुरु भएको छ । हालै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावपछि पहिलो पटक ३ नं. प्रदेशसभाको पहिलो बैठक बिहीबार दिउँसो हैटौंडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा सुरु भएको छ ।

दिउँसो १ बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको छ । तोकिएका र प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको छ ।

प्रदेशसभाको पहिलो बैठक भएकाले तयारी र अभ्यासमा केही अलमल देखिए पनि सम्पूर्ण तयारी पूरा भएको जानकारी प्रदेशसभा सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले दिएका छन् । नेपालमा संघीयता लागूपछिकै पहिलो प्रदेशसभा बैठक बस्न लागेकाले बैठकस्थलमा उच्च कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थिति व्यापक छ ।

ज्येष्ठ सदस्य डोरमणि पौडेलको अध्यक्षतामा बसेको बिहीबारको बैठकले प्रदेशसभाको सभामुख–उपसभामुख निर्वाचनकाे मिति तय गर्नेछ । ३ नं. प्रदेशसमा कूल १ सय १० प्रदेशससभा सदस्य छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर