
साहित्यकार मनु ब्राजाकी अब हामीमाझ रहेनन् ।
शुक्रबार बिहान ७५ वर्षको उमेरमा उहाँको निधन भएको जानकारी साहित्यकार सुनील पुरीले दिएका छन् । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो ।
साहित्यकार ब्राजाकीका श्रीमती र एक– एक छोरा–छोरी छन् । ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनी नेपाली गजललेखनमा पनि सिद्धहस्त थिए ।