राजश्व अनुसन्धान विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा मंगलबार तोडफोड भएको छ ।
दिउँसो अज्ञात समूहले बूढानीलकण्ठ– २, रुद्रेश्वरमा रहेको शर्माको घरमा गरेको ढुंगामुढाबाट घरमा सामान्य क्षति पुगेको छ ।
३०–४० जनाको समूहमा आएको समूहले शर्माको घरमा ढुंगामुढा गरेको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रमुख, प्रहरी निरीक्षक शेरबहादुर चन्दले बताए ।
ढुंगामुढा गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको चन्दले जानकारी दिए । ढुंगामुढाका क्रममा प्रहरीले नेपाल कम्युनिस्ट पार्टी लेखिएको पर्चा समेत भेटेको बताइएकाे छ ।