३ नं. प्रदेश संसदीय दलको नेताका लागि भएको आन्तरिक चुनावमा नेकपा एमालेकी केन्द्रीय उपाध्यक्ष एवं चर्चित नेतृ अष्टलक्ष्मी शाक्य पराजित भएकी छन् ।
प्रदेशसभा सदस्यहरूबीच शुक्रबार भएको चुनावमा डोरमणि पौडेल प्रदेशसभा संसदीय दलको नेतामा निर्वाचित भएका छन् । एमालेको एकल बहुमत रहेको ३ नं. प्रदेशमा मुख्यमन्त्रीको उम्मेदवार छान्न चुनाव भएको हो । पौडेल हेटौंडाका पूर्व नगरप्रमुख हुन् ।
प्रदेश सांसदहरूबीच भएको निर्वाचनमा खसेका ५८ मध्ये भोटमध्ये ३४ मत पाएर पौडेलले विजयी भए भने शाक्यले २४ मत पाएकी छन् । एमालेभित्रको आन्तरिक शक्तिसन्तुलनमा पौडेल अध्यक्ष केपी शर्मा ओली पक्षका मानिन्छन् भने शाक्य वरिष्ठ नेता माधव नेपाल पक्षकी ठानिन्छिन् ।