newskoseli.Com

घर आगलागीमा जलेर ३ बालिकाको मृत्यु

शनिबार दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका– ५ स्थित धनबहादुर मोक्तानको घरमा आगलागी हुँदा जलेर तीन बालिकाको मृत्यु भएको छ ।

घरमा दिउँसो आगलागी हुँदा उनकी छ वर्षीया छोरी अस्मिता मोक्तान तथा छिमेकी वीरबहादुर मोक्तानकी सात वर्षीया छोरी रिपोला मोक्तान र तीन वर्षीया छोरी मंगली मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरमा ती बालिका मात्र भएका बेला आगलागी भएको र उनीहरुको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा भएका सरसामान समेत जलेर नष्ट हुँदा ३ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर