newskoseli.Com

ट्याङ्कर दुर्घटनामा चालकको मृत्यु

रसुवाको वेत्रावतीबाट पानी भर्न मैलुङतर्फ जान लागेको ट्याङ्कर उत्तरगया– ५, खाल्टेमा दुर्घटना हुँदा चालक नवराज श्रेष्ठको मृत्यु भएको छ ।

बा २ ख ७४१६ नम्बरको ट्याङ्कर खाल्टेस्थित सडकमा दुर्घटना भएर त्रिशूली नदीमा पुग्दा विदुर नगरपालिका– ३ का २५ वर्षीय चालक श्रेष्ठको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ ।

बिहान करिव ११ बजे दुर्घटना भएको ट्याङ्कर त्रिशूली नदीमा डुबेपछि श्रेष्ठको शव अपराह्न साढे २ बजे मात्र स्थानीयवासीको सहयोगमा नदीबाट बाहिर निकालिएको जानकारी इलाका प्रहरी कार्यालय कालिकास्थानका प्रहरी निरीक्षक सानुबाबु भण्डारीले दिए ।

ट्याङ्कर सडकबाट करिव ५० मिटर तल पुगेर नदीमा डुबेकाले उद्धारमा ढिलाइ भएको प्रहरीले जनाएको छ । मृतक चालककाे शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूली ल्याइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर