newskoseli.Com

ठगहरू कर्‍याप्पः कोही सुनको बहानामा ठग्ने, कोही रेडपाण्डाको छाला बोक्ने…

बजार भाउभन्दा सस्तोमा सुन दिन्छु भनी प्रलोभनमा पारेर २० लाख रूपैयाँ लिएपछि सुन नदिई ठगी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट २० लाख ५० हजार र बा ११ च ७६४२ नम्बरको स्विफ्ट गाडीसहित उनीहरुलार्इ पक्राउ गरेकाे हाे ।

त्यसैगरी, पक्राउ परेका दाङ, घोराही घर भई काठमाडौं, बूढानीलकण्ठ बस्ने नरेन्द्र महराको साथमा रहेको मोबाइलको फोटो ग्यालरीमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालाको फोटो देखिएपछि सो सम्बन्धमा अनुसन्धान गर्दै जाँदा रेडपाण्डाको एक थान छाला बोकी हिँडेको अवस्थामा चितवन, कालिका नपा वडा नं. १ घर भई काठमाडौं, टेुकमा बस्ने भरतविलाश पराजुलीलाई कपनको शिवमन्दिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने अन्य व्यक्तिमा दार्चुला, भगवती– ४ घर भई ललितपुर बुङ्मतीमा बस्दै आएका इन्द्रसिंह धामी र भूपेन्द्रसिंह धामी छन् । मुलुकी ऐन, ठगीको महलबमोजिम ठगी गर्नेबाट बिगो भराई बिगोबमोजिम जरिवाना र पाँच वर्षसम्म कैद हुने व्यवस्था छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर