newskoseli.Com

यी हुन् केन्द्रमा एमालेका समानुपातिक सांसद (सूचीसहित)

नेकपा (एमाले) ले प्रतिनिधिसभा समानुपातिकमा आफ्नो भागमा परेका ४१ जना सांसदको नाम सिफारिस गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकले ती नाम सिफारिस गरेको हो ।

सो सूची आइतबारै निर्वाचन आयोगमा पेस गरिने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

निर्वाचन आयोगले कम्तिमा ३७ महिलासहित ४१ सांसदको सूची पठाउन एमालेलार्इ पत्राचार गरेको थियो । निर्वाचन आयोगले संविधान अनुसार क्लस्टर मिलाई नामावली पठाए–नपठाएको रुजु गरिसकेपछि मात्र निर्वाचित भएको घोषणा गर्नेछ ।

यी हुन् एमालेले सांसद छानेका ४१ उम्मेदवारः

१. मुकुन्द न्यौपाने (खसआर्य/पुरुष)
२. विजय सुब्बा (आदिवासी जनजाति/पुरुष)
३. मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष)
४. मोतीलाल दुगड (मधेसी/पुरुष)
५. थममाया थापा (आदिवासी जनजाति/महिला)
६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति/महिला)
७. सुजिता शाक्य (आदिवासी जनजाति/महिला)
८. रामकुमारी झाँक्री (आदिवासी जनजाति/महिला)
९. बिना श्रेष्ठ (आदिवासी जनजाति/महिला)
१०. कु. तुल्सी थापा (आदिवासी जनजाति/महिला)
११. नबिना लामा (आदिवासी जनजाति/महिला)
१२. शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति/महिला)
१३. कुमारी मेचे (आदिवासी जनजाति/महिला)
१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति/महिला)
१५. राधा कुमारी ज्ञवाली (खसआर्य/महिला)
१६. बिन्दा पाण्डे (खसआर्य/महिला)
१७. गोमा देवकोटा (खसआर्य/महिला)
१८. कल्याणी कुमारी खड्का (खसआर्य/महिला)
१९. निरुदेवी पाल (खसआर्य/महिला)
२०. मनकुमारी जिसी (खसआर्य/महिला)
२१. मायादेवी न्यौपाने (खसआर्य/महिला)
२२. विष्णु शर्मा (खसआर्य/महिला)
२३. सरिता न्यौपाने (खसआर्य/महिला)
२४. मैना कुमारी भण्डारी (खसआर्य/महिला)
२५. तीर्था गौतम (खसआर्य/महिला)
२६. शान्ता चौधरी (थारु/महिला)
२७. लक्ष्मीकुमारी चौधरी (थारु/महिला)
२८. गंगा चौधरी (सत्गौवा) (थारु/महिला)
२९. निरादेवी जैरु (दलित/महिला)
३०. बिमला विश्वकर्मा (दलित/महिला)
३१. बिमला विक (दलित/महिला)
३२. पार्वतीकुमारी विसुंखे (दलित/महिला)
३३. सानु शिवा (दलित/महिला)
३४. आशाकुमारी विक (दलित/महिला)
३५. जुलीकुमारी महतो (मधेसी/महिला)
३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी/महिला)
३७. सरलाकुमारी यादव (मधेसी/महिला)
३८. रेखाकुमारी झा (मधेसी/महिला)
३९. सरिताकुमारी गिरी (मधेसी/महिला)
४०. कालिला खान (मुस्लिम/महिला)
४१. समिना हुसेन (मुस्लिम/महिला)

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर