newskoseli.Com

ललितपुरमा बस्यो एमाले स्थायी कमिटीको ‘अन्तिम’ बैठक !

बुधबार अपराह्न ललितपुरमा नेकपा (एमाले) स्थायी कमिटीको ‘अन्तिम’ बैठक बसेको छ । नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकतालगत्तै दुवै पार्टीका केन्द्रीय संरचना भंग गर्ने सहमति भइसकेकाले सोही प्रयोजनका लागि एमालेको अन्तिम बैठक बसेको स्रोतले न्युजकोसेलीलार्इ बताएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका हुन् । पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि दुर्इ पार्टीबीच एकताका समग्र पक्षमा जानकारी दिन र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको सहमति अनुमोदन गराउन स्थायी कमिटीको बैठक बोलाइएको हो ।

बुधबारै माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच यसै स्थानमा वन टु वन वार्ता भएको थियो । लगत्तै सोही स्थानमा एमाले स्थायी कमिटीको बैठक बोलार्इको छ । र, यस बैठकलगत्तै सोही ठाउँमा संयोजन समितिको बैठक बस्दैछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर