newskoseli.Com

माओवादी केन्द्रले पनि बोलायो कार्यालयको ‘अन्तिम’ बैठक !

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता टुंगोमा पुग्ने बताइएकाले त्यसै विषयमा निर्णय लिन र एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एकता सम्बन्धमा बनेको समझदारीलार्इ अनुमोदन गर्न नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ ।

यस बैठकलगत्तै बस्ने एकता संयोजन समितिको बैठकले पार्टी एकतालार्इ निष्कर्षमा पुर्‍याएर सम्भवतः बुधबारै दुवै पार्टीका केन्द्रीय संरचना विघटनको घोषणा गर्ने भएकाले यस बैठकलार्इ माओवादी केन्द्र केन्द्रीय कार्यालयको ‘अन्तिम’ बैठक ठानिएको एक नेताले न्युजकोसेलीलार्इ बताए ।

संयोजन समितिको बैठकअघि अध्यक्ष प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाइएको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी छन् । ‘पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि हाम्रो कार्यालयको विस्तारित बैठक बस्न लागेको हो’– प्रवक्ता भुसालले भनिन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर