newskoseli.Com

सकियो संयोजन समितिको बैठक : अड्कियो वैचारिक–नीतिगत सवालमा

नेकपा (एमाले) र (माओवादी केन्द्र) बीचको पार्टी एकतालार्इ टुंगोमा पुर्‍याउन भन्दै बसेको संयोजन समितिको बैठक एकतालार्इ टुंगोमा नपुर्‍याईकनै सकिएको छ ।

बुधबार अपराह्नदेखि राति अबेरसम्म बसेको संयोजन समितिको बैठकले पार्टी एकताका विषयमा केही विषयलार्इ सकारात्मक टुंगोमा पुर्‍याए तापनि नीतिगत विषयलार्इ टुंग्याउन सकेन ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने– ‘पार्टी एकताका विषयमा संयोजन समितिमा सकारात्मक छलफल भएको छ, चाँडै एकता हुन्छ तर वैचारिक नीतिलाई कसरी सूत्रबद्ध गर्ने भन्ने विषयमा थप गृहकार्य आवश्यक भएकाले भोलि पुनः बैठक बस्नेगरी आजका लागि स्थगित भएको छ ।’

यो पनि पढ्नुहोस्–
ओली–प्रचण्ड दुवै सहअध्यक्ष, ३ र २ वर्षमा प्रधानमन्त्री आलोपालो

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर