newskoseli.Com

राजीनामा दिँदै प्रधानमन्त्री देउवा…

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार (आज) बिहान राष्ट्रको नाममा सम्बोधन गरी राजीनामा दिने तयारी गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार पहिले मन्त्रिपरिषदको अन्तिम बैठक बस्ने छ । त्यसपछि पधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेर राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनेछन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष बुझाइसकेको र वाम गठबन्धनले औपचारिक रूपमा केपी ओलीलार्इ नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गरिसकेको सन्दर्भमा चुनावी सरकारका प्रधानमन्त्रीको अन्तिम कार्यदिनबारेको यो खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर