newskoseli.Com

४ बजे नयाँ प्रधानमन्त्रीमा ओलीको सपथ, राष्ट्रपतिले रद्ध गरिन् उपत्यका बाहिर जाने कार्यक्रम

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै वाम गठबन्धनले राष्ट्रपति विद्या भण्डारी समक्ष दावी पेस गरेको छ ।

अध्यक्ष ओलीलाई बिहीबारै प्रधानमन्त्रीको सपथ खुवाउने तयारी राष्ट्रपति भण्डारीले गरिरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । एमाले नेताहरुले पनि बिहीबारै प्रधानमन्त्रीका रुपमा ओलीको नियुक्ति तथा सपथ हुन सक्ने बताएका छन् ।

बिहीबार ४ बजेका लागि प्रधानमन्त्रीको सपथको तयारीस्वरूप राष्ट्रपति भण्डारी बिहीबार बिहान ११ बजे पाथीभरा जाने पूर्वनिर्धारित कार्यक्रम रद्द गरिएको समेत राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । निर्वाचन आयोगले चुनावी परिणाम बुझाएलगत्तै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन वाम गठबन्धनलाई बाटो खुलेको हो ।

बुधबार साँझ आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएलगत्तै वाम गठबन्धनको बैठक बसेर बिहीबार नै सरकार गठनका लागि राष्ट्रपतिकहाँ पत्र पठाउने निर्णय भएअनुसार बिहीबार बिहान प्रधानमन्त्रीका लागि दावी पेस गरिसकिएको छ । बिहीबार बिहान बहुमतको दावीसहित पत्र लिएर एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड राष्ट्रपति कार्यालय पुगेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर