newskoseli.Com

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा २ वमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । एमाले र माओवादी केन्द्रले बिहीबार बिहानै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष पत्र बुझाएका थिए ।

बुधबार निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम बुझाएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो । नवनियुक्त प्रधानमन्त्री ओलीले बिहीबारै दिउँसो ४ बजे राष्ट्रपति कार्यालय परिसर, शीतलनिवासमा सपथ लिने भएका छन् ।

नवनियुक्त प्रधानमन्त्री ओलीले संविधान बमोजिम नियुक्तिको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत हासिल गर्नुपर्छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा नेकपा (एमाले) का १ सय २१ र नेकपा (माओवादी केन्द्र) का ५३ सहित १ सय ६४ जना सांसद छन् । बहुमत पाउनका लागि १ सय ३८ सांसदको समर्थन भए पुग्छ ।

 

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर