newskoseli.Com

फागुन २१ मा राष्ट्रपतिको, चैत ३ मा उपराष्ट्रपतिको चुनाव प्रस्तावित

निर्वाचन आयोगले राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख ५ राजनीतिक दलसँग निर्वाचन आयोगले बिहीबार राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन सम्बन्धनमा छलफल गरेको छ ।

छलफलका क्रममा आयोगले फागुन २१ मा राष्ट्रपतिको र चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन मिति प्रस्ताव गरेको छ । छलफलमा सहभागी नेताहरूले राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनको विषयमा आयोगले परामर्श गरेको बताएका छन् ।

चैत्रभित्र राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन सम्पन्न हुने गरी सञ्चालन र व्यवस्थापनका सम्बन्धमा दलहरुसँग परामर्श गरिएको जानकारी आयोगका प्रवक्ता नवराज ढकालले दिएका छन् । निर्वाचनको मिति प्रस्ताव गरिए पनि टुंगो भने नयाँ सरकारसँगको छलफलपछि मात्रै लगाइने आयोगले जनाएको छ ।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरु मतदाता रहनेछन् । राष्ट्रपति र उपराष्ट्रपति बहुमतीय प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर