newskoseli.Com

अदिती बुढाथोकी बनिन् ‘जोय पपैया सन्’ को ‘ब्राण्ड एम्बेस्डर’

‘जोय’ कम्पनीको उत्पादन ‘जोय पपैया सन् डेल्ली नोर्सिङ सनस्क्रिन क्रिम’ ले नेपाल तथा भारतमा चर्चित रहेकी मोडल तथा नायिका अदिती बुढाथोकीलाई आफ्नो ‘ब्राण्ड एम्बेस्डर’ घोषणा गरेको छ ।

कम्पनीले ३ फागुनमा पत्रकार सम्मेलन गरी उक्त घोषणा गरेको हो । कार्यक्रममा नेपालका लागि ‘जोय कम्पनी’ को एक मात्र अधिकृत बिक्रेता एसएम इन्टरप्राइजेजका डाइरेक्टर मनिकर्ण केसी र नायिका अदिती बुढाथोकीले संयुक्त रुपमा हस्ताक्षर गरे ।

ब्राण्ड एम्बेस्डर बुढाथोकीले पपैया सनमा रहेको पपैयाको पोषणले त्वचालाई सूर्यको हानिकारक विकिरणबाट जोगाई त्वचामा स्वस्थता प्रदान गर्दै चम्किलो समेत बनाउने हुनाले आफूले धेरै वर्षदेखि पपैया सन प्रयोग गर्दै आएको बताइन् । उनले सबै नेपाली महिला तथा पुरुषहरुलाई पपैया सन् प्रयोग गर्न सल्लाह दिइन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर