newskoseli.Com

दोहोर्‍याएर सपथ लिन प्रधानमन्त्री ओलीलाई कमल थापाको ‘सल्लाह’ !

विघटित शेरबहादुर देउवा सरकारका उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ दोहोर्‍याएर सपथ लिन ‘सल्लाह’ दिएका छन् ।

बिहीबार ओलीले सपथग्रहण गर्दा ‘देश’ भन्ने शब्द नै उच्चारण गरेका थिएनन् । त्यो नियतवश नभए पनि गम्भीर त्रुटि भएको भन्दै पूर्वमन्त्री थापाले राष्ट्रपति समक्ष पुनः सपथ दिई अभिलेख सच्याउन ‘सल्लाह’ दिएका हुन् ।

शुक्रबार बिहान ट्विट गर्दै थापाले भनेका छन्– ‘अमेरिकी राष्ट्रपति ओबामाको शपथमा सामान्य त्रुटि हुँदा भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहोर्‍याएर शपथ लिएका थिए । प्रम केपी ओलीले शपथमा ‘देश’ शब्द उच्चारण गर्न छुटाउनुभयो । निश्चय नै यो नियतवश होइन, तसर्थ राष्ट्रपति समक्ष पुनः शपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु, शपथमा देश छुट्नु राम्रो होइन ।’

थापाले ऊर्जा मन्त्रालयबाट बुधबार बिदा लिएका थिए । मन्त्रालयबाट बिदा हुँदा त्यहाँका कमर्चारीहरुले उनलाई खादा पहिर्‍याउँदै मायाको चिनो समेत प्रदान गरे । कार्यकालभरि राम्ररी सहयोग गरेको भन्दै थापाले सबैप्रति आभार प्रकट गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर