newskoseli.Com

राष्ट्रियसभामा मनोनीत गर्न देउवाले गरेको सिफारिस फिर्ता गराउँदै ओली

राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिद्वारा मनोनीत हुने ३ सिटका लागि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस फिर्ता लिने तयारी नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनीत हुने राष्ट्रियसभाका ३ जना सांसद अब नयाँ सरकार गठन भइसकेकाले ओली नेतृत्वको सरकारकै सिफारिसमा मनोनीत हुने एमालेका एक नेताले न्युजकोसेलीलार्इ बताए ।

वाम गठबन्धनमा सहमति गरेर राष्ट्रको आवश्यकता अनुरूप सरकारले उपयुक्त नाम सिफारिस गर्ने तयारी भएको उनले बताए । देउवा सरकारले बलमिच्याइँपूर्वक यसअघि गरिएको सिफारिस फिर्ता लिइने उनले प्रष्ट्याए ।

राष्ट्रियसभाका सदस्यमा मनोनयन गर्न भन्दै देउवा नेतृत्वले यसअघि गरेको सिफारिस राष्ट्रपति कार्यालयमै विचाराधीन छ । देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई सिफारिस गरेको थियो । परामर्श गर्नुपर्ने भन्दै राष्ट्रपति कार्यालयले सो सिफारिस त्यत्तिकै थन्क्याइदिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर