newskoseli.Com

‘प्रचण्ड नै बन्नुपर्छ अध्यक्ष, खेलाँची होइन पार्टी एकता !’

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकता लगभग टुंगोमा पुगेर पनि अड्किइरहेका बेला माओवादी केन्द्रका नेताहरूले एकीकृत पार्टीको एकल अध्यक्ष हुनुपर्ने र त्यस्तो अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ लार्इ नै बनाउनुपर्ने मत कडाइका साथ अघि सारेका छन् ।

माओवादी केन्द्रका एक प्रभावशाली नेता शक्तिबहादुर बस्नेतले भनेका छन्– ‘एकतापछिको पार्टी अध्यक्ष स्वतः प्रचण्ड नै हुनुपर्छ तर अहिले त्यही विषयले मात्र पार्टी एकता लम्बिइरहेको भन्ने कुरा चाहिँ साँचो होइन ।’ पार्टी एकता प्रक्रिया खेलाँची नभएकाे उनले बताए ।

नेता–कार्यकर्ताको व्यवस्थापन, संगठनात्मक स्वरूप र ढाँचा, विचार, नीति र सिद्धान्तलगायतका सबै कुरा मिलाएर मात्रै एकता हुने भएकाले प्रक्रिया लम्बिइरहेको उनले बताए । पार्टी एकता प्रक्रियाको मर्म र आवश्यकता तथा हालै सम्पन्न चुनावमा अभिव्यक्त जनमतका आधारमा आफूहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलार्इ प्रधानमन्त्री स्वीकारेको उनले बताए ।

यो कुरालार्इ आत्मसात् गरेर एमालका तर्फबाट पनि नेता–कार्यकर्ताको व्यवस्थापनमा समुचित गम्भीरता प्रकट हुनुपर्ने बस्नेतको भनाइ छ । अब सबै कुरा प्याकेजमै सहमति गरेपछि पार्टी एकता पनि टुंगिने र आफ्नो पार्टीलार्इ सरकारमा सहभागी हुन बाटो पनि खुल्ने उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर