newskoseli.Com

बालकोटमा ओली–प्रचण्ड डेढ घन्टा छलफल : प्याकेजमै सहमति गर्न प्रचण्डको सुझाव

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आज भएको डेढ घण्टा लामो भेटवार्तामा दुई पार्टीबीच एकीकरण र सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ ।

भेटवार्तापछि अध्यक्ष प्रचण्डले पार्टी एकताका बारेमा छलफल भएको प्रतिक्रिया दिए । अध्यक्ष दाहालले भने– ‘पार्टी एकताका विषयमा कुराकानी भएको हो, एकताका बारेमा छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको छ, छिटो पार्टी एकता घोषणा गर्ने पहल जारी छ ।’

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले अाइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएकाले त्यसको तयारीका लागि शनिबार दुई अध्यक्षबीच छलफल भएको जानकारी दिए ।

अाइतबार बस्ने एकता समितिको बैठकमा पार्टी एकता र सरकारमा सहभागिताका विषयमा विस्तृत छलफल हुने भन्दै त्यसकै तयारीका लागि दुई पार्टीका अध्यक्षबीच छलफल भएको उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर