newskoseli.Com

गृहमन्त्री चढेको हेलिकप्टर दुर्घटना, १४ को मृत्यु

मेक्सिकोमा उच्च अधिकारीहरु बोकेको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा १४ जनाको ज्यान गएको छ ।

शुक्रबार गएको भूकम्पको असर अवलोकनका लागि त्यसको केन्द्रविन्दु नजिकको शहर गएका अधिकारीहरु  हेलिकप्टरमा सवार थिए ।

मेक्सिकोका गृहमन्त्री र दक्षिण–पश्चिम ओहाका राज्यका गर्भनर सो हेलिकप्टरमै थिए तर दुवै जना सकुशल रहेका छन् । अवतरणको समयमा हेलिकप्टरका पाइलटले नियन्त्रण गुमाएको गृहमन्त्री अलफोन्सो नेभ्यारेटेले बताए ।

७.२ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु ओहाका थियो तर त्यसबाट ३ सय ५० किलोमिटर टाडा मेक्सिको सिटीका भवनहरु पनि हल्लिएका थिए । भूकम्पबाटै भने कसैको मृत्यु भएको रिपोर्ट आएको छैन ।

अधिकारीहरुका अनुसार सो सैन्य हेलिकप्टर भूकम्पबाट बचेर सुरक्षित बासको लागि नजिकको चौरीतर्फ गइरहेका मान्छे चढेका भ्यानहरुमाथि खसेको थियो । ओहाका प्रहरी अधिकारीका अुनुसार सो दुर्घटनामा एक छ–महिनाको शिशुसहित चौध मानिसको ज्यान गएको छ ।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटना रातको समयमा भएकाे थियो र गाँउमा बिजुली पनि थिएन । हेलिकप्टर अवतरण गर्नुअघि आकासमा धेरै चक्कर लगाएकाले धुलो उडेको थियो । यसले गर्दा ‘भिजिबिलिटी’ झन् कमजोर भएको थियो ।

मर्नेमध्ये हेलिकप्टरमा सवार पनि थिए कि भनेर अझै प्रष्ट भइसकेको छैन तर नेभ्यारेटेले हेलिकप्टरमा रहेकामध्ये केही घाइते भएको बताए ।

शुक्रबार आएको भूकम्पको केन्द्र पिनोटेपा डे डन लुइस सहर नजिक जमिनभन्दा २४.६ कि.मी. मुनि रहेको थियो । यसले भूकम्पले केही भवनहरुलाई असर गरेको छ । कम्पनपछि मेक्सिको सिटीमा हजारौं मानिसहरु सडकमा निस्किएका थिए । यसले गर्दा यातायात केही समय अवरुद्ध भएको थियो ।

अघिल्लो सेप्टेम्बर मेक्सिकोमा आएका दुई अलग भूकम्ममा परि सयौं मानिसको ज्यान गएको थियो । मेक्सिको विश्वको सबैभन्दा सक्रिय भूकम्पिय क्षेत्रमा रहेको छ । यो पृथ्वीका सबैभन्दा ठूला तीन टेक्टोनिक प्लेटहरु, उत्तर अमेरिकी, कोकोस र प्यसिफिक प्लेटमाथि रहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर