newskoseli.Com

जनस्वयंसेवको सम्मेलनमा प्रहरी हस्तक्षेप, विप्लवका २ केन्द्रीय नेतासहित ३ दर्जन बढी गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध ‘राष्ट्रिय युवा जनस्वंयसेवक’ को राष्ट्रिय सम्मेलनमा प्रहरीले व्यापक हस्तक्षेप गरेको छ ।

राष्ट्रिय युवा जनस्वंयसेवकको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन बिराटनगर आएका पार्टीका केन्द्रीय नेताहरु हेमन्तप्रकाश ओली र पूर्वराज्यमन्त्री पदम राईसहितका नेता तथा ३५ भन्दा बढी नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । व्यापक धरपडक, गिरफ्तारी र नेता–कार्यकता पक्राउपछि कार्यक्रम समेत बिथोलिएको छ ।

बिराटनगरको राजवंशी चोक, संसारीमाईलगायतका स्थानबाट उनीहरूलार्इ पक्राउ गरिएको हो । कार्यक्रममा सहभागी हुन आएका कार्यकर्तालाई कार्यक्रमस्थलबाट सोधपुछ गर्नु छ भन्दै प्रहरीले नियन्त्रणमा लिएको नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्ला सेक्रेटरी युगेनले जानकारी दिएका छन् ।

कार्यक्रममा सहभागी हुने आउने क्रममा कानेपोखरी, बेलबारी, केराबारी, राजवंशी चोक, सुनसरीको इनरुवालगायतका स्थानबाट प्रहरीले १० वटा गाडी कब्जामा लिनुका साथै दर्जनौं कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलार्इ सोधपुछका लागि मात्र नियन्त्रण्मा लिइएको प्रहरीले जनाएको छ । सोधपुछपछि सबैलार्इ छाडिने जानकारी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विष्णुहरि कोइरालाले दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर