newskoseli.Com

विप्लवले मंगलबार आह्वान गरे नेपालबन्द !

नेपाल कम्युनिस्ट पार्टीले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ ।

सो पार्टीका महासचविव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी नेता–कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा सोमबार साँझ देशभर मसाल जुलुस प्रदर्शन र मंगलबार नेपाल बन्दको आह्वान गरेका हुन् ।

आइतबार बिराटनगरमा आयोजित राष्ट्रिय युवा जनस्वयंसेवको तेस्रो राष्ट्रिय सम्मेलनको कार्यक्रमस्थलमा हस्तक्षेप गरी सो पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटब्युरो सदस्य पदम राई ‘विकास’ लगायतका दर्जनौं कार्यकर्ता पक्राउ गरेको भन्दै महासचिव विप्लवले आपत्ति जनाएका छन् ।

आफ्नो पार्टीका उच्च तहका नेता र दर्जनौं कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे त्यसबाट उत्पन्न हुन सक्ने जुनसुकै परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिँदै महासचिव विप्लवले फागुन ८ को नेपाल बन्दलाई सफल पार्न पार्टीपंक्ति, नेता–कार्यकर्ता र आमजनतालाई अपिल गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर