newskoseli.Com

एमाले–माओवादीबीच जुट्यो सहमति, संयोजन समिति बैठकपछि एकतापत्रमा हस्ताक्षर

६ महिनादेखि एकताको प्रयासमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताबार सहमति जुटेको छ । दुवै पार्टीका नेताहरुले बताए अनुसार सोमबारै संयोजन समितिको बैठकपछि एकताको सहमति पत्रमा हस्ताक्षर हुने भएको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको ‘वान–टु–वान’ वार्तामा पार्टी एकताका आधारभूत विषयहरूमा सोमबार दिउँसो सहमति जुटेको हो । नेताहरूले बताए अनुसार पार्टीको नाम, नेतृत्व र वैचारिक–राजनीतिक विषयमा दुई नेताबीच सहमति जुटेको छ ।

एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ रहनेछ र ओली तथा प्रचण्ड दुबै जना अध्यक्ष रहनेछन् । पार्टी एकता संयोजन समितिले दुवैलार्इ सहअध्यक्ष वा द्विअध्यक्षका रूपमा अन्तिम टुंगो लगाउनेछ । दुवै अध्यक्षले आलोपालो प्रधानमन्त्री चलाउने पनि सहमति जुटे क–कसले कति–कति अवधि प्रधानमन्त्री चलाउने भन्ने अहिले तोकिएको छैन ।

सैद्धान्तिक–वैचारिक पक्षमा जनताको बहुदलीय जनवाद, एक्कार्इसौं शताब्दीको जनवाद, माओवादलगायतका विषयहरूलाई बहसमा लैजान दुबै अध्यक्ष सहमत भएका छन् ।

दुई नेताबीच भएका यी सहमतिलाई अन्तिम रुप दिर्इ सहमतिपत्रमा हस्ताक्षर गर्न सोमबार साँझ ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । ‘लगभग सबै कुरा मिलेका छन्, यिनमा तल–माथि नभए आजै हस्ताक्षर हुँदैछ’– माओवादी एक नेताले भने । ‘दुर्इ अध्यक्षबीच सहमति जुटिसकेको छ, त्यसलार्इ पार्टी एकता संयोजन समितिले आजै अनुमोदन गर्छ’– एमाले उपाध्यक्ष वामदेव गौतमले भने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर