newskoseli.Com

एकता भयो एमाले र माओवादी केन्द्रबीच, यस्तो छ बालुवाटारको ७ बुँदे सहमति

झन्डै आधा वर्षदेखि एकताको प्रयासमा जुटेका नेकपा एमाले र माओवादी केन्द्रबीच सोमबार राति पार्टी एकता सम्पन्न भएको छ ।

एमाले–माओवादी केन्द्रका शीर्ष नेताहरू सम्मिलित पार्टी एकता संयोजन समितिका ८ नेताहरुले सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरी एकतालार्इ मूर्तरूप दिएका हुन् ।

एकतापछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने र पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद कायम गर्नेलगायतका सहमति भएका छन् ।

दुर्इ पार्टीबीच एकता भइसकेको आधिकारिक जानकारीसहित निर्वाचन आयोगमा एउटै राजनीतिक दलका रूपमा नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि मंगलबार (फागुन ८ मा) नै प्रक्रिया अघि बढाइने जानकारी समेत एमाले–माओवादी केन्द्रका नेताहरुले दिएका छन् ।

यस्तो छ ८ नेताले हस्ताक्षर गरेको पार्टी एकताको समझदारी पत्र

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर