newskoseli.Com

मन्त्रीपरिषद विस्तार हुँदै : को–को बन्दैछन् मन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तारको तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकीकरणको सहमति भएलगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारको प्रयार अघि बढाएका हुन् ।

बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको एमाले सचिव प्रदीप ज्ञवालीले बताएका छन् । स्रोतका अनुसार एमालेबाट महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवालीसहित केहीले बिहीबारै मन्त्री बनेर सपथ लिँदैछन् ।

पोखरेल र ज्ञवालीलाई क्रमशः परराष्ट्र र अर्थ वा रक्षा मन्त्रालको जिम्मेवारी दिने प्रधानमन्त्री ओलीको तयारी छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तारबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वरिष्ठ एमाले नेता माधवकुमार नेपालसँग छलफल गरिसकेका छन् ।

यतिबेला एमालेभित्र २ दर्जनभन्दा बढी सांसदहरू मन्त्री बन्ने दौडमा लागेका छन् । माओवादीसहितलार्इ चित्त बुझाएर र विश्वासमा लिएर बढीमा १८ मन्त्रालयभित्रै २५ जनासम्मलार्इ राज्यमन्त्री र सहायकमन्त्री समेतमा समेट्नुपर्ने बाध्यतामा प्रधानमन्त्री छन् ।

यसैगरी, नेकपा (माओवादी केन्द्र) वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । अध्यक्ष प्रचण्डको निवासमा सोमबार बसेको बैठकले उपप्रधानसहित गृहमन्त्रीका रूपमा थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय लिएको बताइएको छ ।

नेकपा एमालेले अर्थ मन्त्रालय लिने र माओवादीलार्इ गृह मन्त्रालय दिने सहमति एमाले अध्यक्षद्वय ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको समाचार स्रोतको दावी छ । माओवादी केन्द्रका तर्फबाट बुधबार कम्तिमा पनि नेता बादलसहित अर्का एक जना मन्त्रीपरिषदमा सहभागी हुनेछन् ।

पद सम्हालेकै दिन एमाले र माओवादी दुवैतर्फका २–२ जना मन्त्री नियुक्त गरी मन्त्रीमण्डल गठन गर्ने ओलीको चाहना थियो । पार्टी एकता र राजकीय भूमिका तथा सरकारका समग्र विषयमा प्याकेजमै सहमति नभर्इ माओवादीले मन्त्रीको नाम नदिएपछि ओली ३ सदस्यीय मन्त्रीमण्डलमा सीमित रहे ।

माओवादी केन्द्रबाट मन्त्रीहरूका रूपमा वर्षमान पुन, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, पम्फा भुसाल, अग्निप्रसाद सापकोटालगायतको नाम चर्चामा छ ।

थप याे पनि पढ्नुहाेस्–
माओवादीबाट उपप्रधान र गृहसहित बादलको नेतृत्व, को–को बन्दैछन् मन्त्री ?

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर