newskoseli.Com

ओली–प्रचण्ड कुरा मिलेन, रोकियो मन्त्रिपरिषद विस्तार….

मंगलबारदेखि नै मन्त्रिपरिषद विस्तारको तयारीमा रहेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसँग मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि बुधबार पनि मन्त्री थप्न सकेनन् ।

संघीय सरकार अर्थात् केन्द्रीय सरकारमा कुन–कुन र कतिवटा मन्त्रालय राख्ने अनि कुन–कुन पृष्ठभूमि अर्थात एमाले–माओवादी केन्द्रभित्रका राजनीतिक पक्षबाट कतिजनालार्इ मन्त्री बनाउने भन्नेबारे दुर्इ अध्यक्षबीच कुरा मिल्न नसकेपछि बुधबार साँझसम्म पनि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो ।

यिनै विषय टुंग्याउन ओली–प्रचण्डबीच बुधबार बिहान वार्ता भएको थियो । बाँडफाँट टुङ्ग्याएर बुधबारै मन्त्रीमण्डल विस्तार गरेर साँझसम्म नवनियुक्त कम्तिमा ५ मन्त्रीहरुलार्इ शपथ गराउने ओलीको योजना सफल हुन सकेन ।

वार्ताको सुरूमै कतिवटा मन्त्रालय बनाउने भन्ने कुरा उठेको र मन्त्रालयको संख्या र विभाजन निर्धारणमै केही समय लाग्ने देखिएपछि अध्यक्षद्वयको छलफल बाँडफाँटमा प्रवेशै नगरेको माओवादी केन्द्रका एक नेताले बताए । संविधानमा २५ जनासम्मलार्इ मन्त्री बनाउन सकिने व्यवस्था भए पनि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच १८ वटा मन्त्रालय बनाउने कुरामा मोटामोटी सहमति छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर