newskoseli.Com

गोवामा पक्राउ, नेपालमा गोली : इन्काउन्टरमाथि अाशंका…

शक्तिको आडमा धन्दा चम्काउने उद्देश्यले नेतासँग नजिकिएका गुन्डाको शृंखलाबद्ध अवसान

एमाले नेता गौतम गृहमन्त्री भएकै बेला चरीको ‘इन्काउन्टर’

चरी उपनामले कुख्याति कमाएका धादिङका दिनेश अधिकारी काठमाडौंको नयाँ बजारलाई आधार क्षेत्र बनाएर अपराधमा संलग्न थिए । थप उचाइ चढ्न एमाले प्रवेश गरेका उनी धादिङ–१ क्षेत्रीय कमिटीको उपाध्यक्षसमेत बने । राजनीतिक संरक्षणमा शक्ति बढेपछि उनले आफ्ना प्रतिस्पर्धीलाई दिउँसै गोली हान्न पनि थाले ।

कांग्रेस ललितपुरका नेतासमेत रहेका मीनकृष्ण महर्जनलाई गोली हानेको पुष्टि भए पनि उनी पक्राउ परेनन् । शक्ति बढेको आत्मविश्वासमा चरीले पार्टीकै नेताहरूलाई समेत धम्क्याउन थालेका थिए ।

पछि एमालेकै नेता वामदेव गौतम गृहमन्त्री रहेका वेला २१ साउन ०७१ मा प्रहरीले उनलाई ‘इन्काउन्टर’मा मार्‍यो । प्रहरीका अनुसार मोटरसाइकल चढेर धादिङतर्फ जाँदै गरेको अवस्थामा भीमढुंगामा उनीसँग मुठभेड भएको थियो ।

राजनीतिक संरक्षणले घैंटेको व्यवसाय जोगियो, ज्यान जोगिएन

काठमाडौं नयाँ बजारका स्थानीय कुमार घैंटे कांग्रेसी नेताहरूको छत्रछायामा हुर्किएका डन थिए । निर्माण व्यवसायीका अनुसार कांग्रेसका जगदीश्वरनरसिंह केसीको परिवार र कुमार घैंटे व्यावसायिक साझेदार नै थिए । घैँटे तरुण दलमा प्रवेश गरेर समाजसेवी पनि बनेका थिए । तर, उनले अपराध कर्म छाडेनन् ।

राजनीतिक आवरणमा उनले अपराध गतिविधि अझ मजबुत तुल्याए । अन्ततः घैंटे सामाखुसीस्थित निवासमै भएको प्रहरी इन्काउन्टरमा ३ भदौ ०७३ मा मारिए । प्रहरीका अनुसार सर्चमा गएको टोलीलाई उनले फायर खोलेका थिए ।

फेक इन्काउन्टर भएको भन्दै जगदीश्वरनरसिंह केसीले शिक्षण अस्पताल र संसद्मा समेत उत्तेजक भाषण गरेका थिए । तर, घैंटेलाई बचाउन ढिलो भइसकेको थियो । यसरी, राजनीतिक संरक्षणको विश्वासमा अपराध बढाउनु घैँटेका लागि आत्मघाती साबित भयो ।

इन्काउन्टरमाथि शंका

मनोजले हानेको गोली मोटरसाइकलमा, प्रहरीले हानेको गोली छातीमा, पूर्वएआर्इजी राजेन्द्रबहादुर सिंह भन्छन्– ‘एकपछि अर्को इन्काउन्टरमा शंकै छ ।’

गोवामा पक्राउ नेपालमा गोली !

भारतको गोवामा केही दिनअघि नै पक्राउ गरेर ल्याइएको र बुधबार बिहान गोली हानिएको चर्चा छ । तर, रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवाली भन्छन्– ‘खोज्दै जाँदा देवदहको मुख्य सडकमा जम्काभेट भयो, उनीहरूले फायरिङ गरे ।’

‘डन’ हरूमाथि भइरहेका श्रृंखलाबद्ध ‘इन्काउन्टर’ बारेको यो खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर