newskoseli.Com

एमाले–माओवादी दुवै कार्यदलहरुको संयुक्त बैठक

एमाले–माओवादी केन्द्रबीच पार्टी एकताका लागि दस्तावेज तयार पार्न एमाले–माओवादीबीच गठित दुवै कार्यदलको संयुक्त बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी विधान र अन्तरिम राजनीतिक प्रतिवेदनको मस्यौदा तयार पार्ने कार्यदल तथा एकीकृत संगठनात्मक संरचनाबारे प्रस्ताव तयार पार्ने कार्यदलको संयुक्त बैठक चलिरहेको छ ।

बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत सहभागी छन् । यसअघि ओली–प्रचण्डबीच वन–टु–वन वार्ता भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर