newskoseli.Com

माओवादीमा मन्त्रीका आकांक्षीको लर्को, पाउने जम्मा ७ मन्त्रालय !

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्न माओवादी केन्द्रभित्रै आकांक्षीहरुको लर्को देखिएको छ ।

मन्त्री छनौट गर्ने मापदण्डबारे विवाद छैन तर मापदण्ड पूरा गरेकै आकांक्षी धेरै छन् । अझ चुस्त मन्त्रिमण्डल बन्ने र माओवादी केन्द्रका भागमा जम्मा ७ वटा मन्त्रालय पर्ने भएपछि मन्त्री छान्न सकस परेको छ ।

समावेशी समानुपातिक मान्यताका आधारमा भौगौलिक क्लस्टर, महिला, दलित, जनजाति, मधेसी आदिको प्रतिनिधित्व हुनेगरी मन्त्री छनौट गने माओवादी केन्द्रको दावी छ । मन्त्रालयको संख्या निकै कम भएपछि कसलाई छान्ने भनेर नेतृत्वले निर्णय लिन सकेको छैन ।

रामबहादुर थाप बादलको नेतृत्वमा सरकारमा जाने करिव निश्चिचत भइसकेको छ । उनीसँगै वर्षमान पुन, मातृकाप्रसाद यादव र पम्फा भुसाल मन्त्री बन्ने समेत पक्कापक्कीजस्तै देखिन्छ । बाँकी तीन मन्त्रालयका लागि दर्जनौं आकांक्षी देखा परेका छन् ।

७ प्रदेशबाट १–१ जना मात्रै लिँदा समेत ७ मन्त्रालय माओवादी केन्द्रलार्इ चाहिन्छ । तर, १५ देखि १८ मन्त्रालय हुने भएपछि माओवादीले ७ वटा मात्रै पाउने भएको छ । कतिपय प्रदेशमा भने एउटै प्रदेशबाट धेरै छान्नुपर्ने बाध्यतामा अध्यक्ष प्रचण्ड देखिएका छन् ।

प्रदेश– ४, ५ र ६ मा सबैभन्दा बढी आकांक्षी देखिएका छन् । पहिल्यै मन्त्री भइसकेका कतिपयको कडा दावी छ भने चक्रपाणि खनाल, देवेन्द्र पौडेललगायतले पहिलो पटक र आफ्नो विशेष भूमिका अघी सार्दै दावी पेस गरेका छन् ।

अब मन्त्री पदको दावा र बार्गेनिङलार्इ व्यवस्थित गर्न नेतृत्वले चाहिँ एकीकृत पार्टीभित्र बलियो हैसियत रोज्ने कि मन्त्री पद रोज्ने भनेर केही ‘प्रभावशाली’ नेताहरूलार्इ ‘त्यता वा यता’ समेट्ने ‘फर्मुला’ अघि सार्ने देखिएको छ ।

थप याे समाचार पनि पढ्नुहाेस्–
मिल्यो मन्त्रालय भागबन्डा : एमाले १०, माओवादी ७ (सूचीसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर