newskoseli.Com

बिहीबार दिउँसो बम विस्फोट, एक घाइते

बिहीबार दिउँसो सिरहाको लहान नगरपालिकास्थित मुख्य बजार क्षेत्रमा बम विस्फोट भएको छ ।

मारुती होटल अगाडि  प्रेसर कुकर बम विस्फोट हुँदा लहान १ का ४५ वर्षीय अनिल अग्रवाल घाइते भएका छन् । टाउको र गर्धनमा चोट लागेका अग्रवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय लहानका डीएसपी गणेश चन्दका अनुसार बम विस्फोट भएको स्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गोहित समूहको पर्चा भेटिएको छ । विस्फोटको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर