newskoseli.Com

को–को छन् एमाले–माओवादी केन्द्र मिलाउने दुई कार्यदलमा ? (नामावलीसहित)

झन्डै ७ महिनादेखि जारी एमाले–माओवादी केन्द्रबीचको एकता प्रक्रियाले फागुन ७ मा आधारभूत स्वरूप लिएको छ । अझै दुवै पार्टी विघटन गरेर एउटै एकीकृत पार्टी घोषणा कहिले र कसरी हुन्छ भन्ने निश्चित भइसकेको छैन ।

पार्टी एकताका आधारभूत आधारहरूमा दुवै पार्टीका ८ शीर्ष नेताहरूले हस्ताक्षर गरिसकेकाले अब दुर्इ दलबीच एकता हुनेमा दुवै पक्ष र बाहिरी जगतमा समेत खासै आशंका छैन ।

फागुन ७ को मध्यरातमा उक्त सहमतिपत्रमा हस्ताक्षर भएसँगै एकताका मुख्य दुर्इ विषय मिलाउन दुर्इवटा कार्यदल गठन भएका थिए । दुवै कार्यदलको संयुक्त बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो र १० दिनभित्र आ–आफ्नो कार्यादेश पूरा गर्ने निर्णय समेत लियो । तर, औपचारिक रूपमा भने ती दुवै कार्यदलमा को–को छन् भन्ने सार्वजनिक गरिएको थिएन ।

दुर्इ पार्टीका नेता मिलाएर एउटै कमिटी बनाउन प्रस्ताव तयार पार्ने संगठनात्मक कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, बेदुराम भुषाल र रघुवीर महासेठ छन् भने माओवादीबाट रामबहादुर थापा बादल, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मातृका यादव छन् ।

त्यसैगरी एकीकृत पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित कार्यदलमा एमालेबाट माधवकुमार नेपाल, भीम रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त तथा माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुषाल र देवेन्द्र पौडेल रहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर