newskoseli.Com

लमजुङमा पसगाउँ महोत्सव सुरु

आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि गर्ने लक्ष्यका साथ शनिबारदेखि सातौँ पसगाउँ महोत्सव सुरु भएको छ ।

‘आफ्नै संस्कृति संस्कारमा रमाआैं, पसगाउँ महोत्सवमा सहभागी हाैं, आन्तरिक पर्यटनको जगेर्ना गराैं’  नाराका साथ सुरु भएको सो महोत्सवमा परम्परागत गुरुङ संस्कृति, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, हस्तकला प्रदर्शनी तथा सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाइनेछ । ग्रामीण पर्यटनलाई बढावा दिन पसगाउँवासीले २०६० सालदेखि महोत्सव आयोजना गर्दै आएका छन् ।

समुद्री सतहदेखि एक हजार ६५० मिटरको उचाइमा रहेको पसगाउँमा १७२ घर गुरुङ जातीका छन् । पर्यटकलाई ध्यानमा राखेर यहाँ ३५ घरमा होमस्टे (घरबास) कार्यक्रम लागु गरिएको छ । महोत्सवमा गुरुङ कला र संस्कृतिमा आधारित लोपोन्मुख सतीघाटु र कुसुन्डा, कृष्णचरित्र, सोरठी, घ्याब्रे, सारङ्गीलगायत अवलोकन गर्न पाइने छ ।

महोत्सवमा सिस्नो र अल्लोबाट बुनेका झोला, सुरुवाल, भाङ्ग्राका साथै बरुवाल भेडाको उनबाट बनेका बख्खु, कम्मल, राडीपाखी तथा निगालोको चोयाबाट बुनेका थुन्से, भकारी, ढोको, डालो, नाम्लोलगायत सामग्री समेत राखिएका छन् । महोत्सवको उद्घाटन सांसद चन्द्रबहादुर कुँवरले गरेका हुन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर