newskoseli.Com

गृहमन्त्री बादलद्वारा प्रहरी मुख्यालयको निरीक्षण

गृहमन्त्रीको पदभार ग्रहण गरेको तेस्रो दिन बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् ।

बिहानै नक्सालस्थित मुख्यालय पुगेका गृहमन्त्री थापाले एसएसपीभन्दा माथिका प्रहरी अधिकारीलाई निर्देशन दिने कार्यक्रम रहेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

गृहमन्त्रीले प्रहरी प्रधान कार्यालयको समग्र निरीक्षण गरिसकेपछि सामूहिक ब्रिफिङ गर्ने कार्यक्रम रहेको प्रहरी प्रवक्ता डीआर्इजी मनोज न्यौपानेले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर