newskoseli.Com

विप्लवलार्इ पक्राउ गर्न अदालतको आदेश, प्रहरीले टाँस्यो घरमै पुर्जी…

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न भन्दै उनको स्थायी ठेगाना उल्लेखित पुर्ख्यौली घरमा प्रशासनले पक्राउ पुर्जी टाँसेको छ ।

महासचिव विप्लवलाई तत्काल पक्राउ गर्नू भन्दै कपिलवस्तु जिल्ला अदालतले आदेश दिएवमोजिम विप्लवको घरमा पक्राउ पुर्जी टाँसिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विप्लवको घरमा पक्राउ पुर्जी टाँसिएको स्वीकार गर्दै आफूहरूले अदालतको आदेश पालना गरेको डीएसपी नरेन्द्रकुमार कार्कीले बताएका छन् । महासचिव विप्लवको पुर्ख्यौली घर कपिलवस्तुको शिवराज नगरपालिका छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर