newskoseli.Com

प्रदेश– २ मा १० सदस्यीय मन्त्रिमण्डल, ३ राज्यमन्त्री पनि

अहिलेसम्मकै सबभन्दा ठूलो प्रदेश सरकार प्रदेश नम्बर २ मा बनेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले बुधबार संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालका ४ मन्त्री र ३ राज्यमन्त्रीलाई सपथ खुवाएसँगै प्रदेश– २ को मन्त्रिमण्डल सबैभन्दा ठूलो भएको हो । यहाँको मन्त्रिमण्डल १० सदस्यीय भएको छ।

फोरमका ज्ञानेन्द्र यादव आन्तरिक मामिला तथा कानुनमन्त्री र शैलेन्द्र साह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भए । राजपाका वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह सामाजिक विकास मन्त्री र रामनरेश राय उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री बने ।

प्रदेश– २ मा ३ राज्यमन्त्री पनि नियुक्त भएका छन् । ७ प्रदेशमध्ये पहिलो पटक प्रदेश– २ मा राज्यमन्त्री नियुक्त भएका हुन् । फोरमका सरोज सिंह आन्तरिक मामिला तथा कानुन, योगेन्द्र राय यादव भूमि व्यवस्था, कृषि तथा सहकारी र उषा यादव आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेका छन् ।

राजपाले पनि राज्यमन्त्री बनाउने तयारी भए पनि नामको टुंगो लागिनसकेको केशव झाले जानकारी दिए । यसअघि राउतको मन्त्रिमण्डल ३ सदस्यीय थियो । फोरमका विजय यादव आर्थिक मामिला तथा योजना मन्त्री थिए भने राजपाका जितेन्द्र सोनलले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका थिए ।

६ नम्बर (कर्णाली) र ७ नम्बर प्रदेशमा मन्त्रिमण्डल पूर्ण भइसकेको छ । यी दुवै प्रदेशमा राज्यमन्त्री नियुक्त भएका छैनन् । प्रदेश १, ३, ४ र ५ मा भने मन्त्रिमण्डलले अझै पूर्णता पाएको छैन । प्रदेशसभाका कूल सदस्य संख्याको २० प्रतिशतसम्मको मन्त्रिमण्डल बनाउन पाइने व्यवस्था संविधानमा छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर